१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिल उद्योगहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडाैंः दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताउनुभयो ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई कसरी सुरक्षित बनाउने भन्नेकुरा मध्यनजर गर्दै ५ वटा उद्योगहरुलाई नमुनाका रुपमा सामग्री दिइएको बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका सामग्रीले कोरोना संक्रमण न्यूनिकरणका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ग्रिल व्यवसायी राम कुमार गिरीले लक डाउनको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताउनुभयो ।

स्वीस सरकारको स्वीस विकास सहयोग र नेपाल सरकारको सहकार्यक्रम सञ्चालित एसटिसी परियोजना अन्तरर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो ।