२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुलिङ पिरियड’को जालसाझीमा सभापति र सचिव मात्र छन् कि अरू पनि ?’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र नभई अन्य पनि संलग्न हुनसक्ने आशंका गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र हुन् कि अरू पनि छन् जालसाझीमा ? भन्दै प्रश्न गरेका छन् ।

उनले ‘कुलिङ पिरियड’ बागमतीको बजेट गण्डकीमा हाले जस्तो सजिलो विषय नभएको टिप्पणी पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘राज्य व्यवस्था समितिका सभापति र सचिव मात्र हुन् कि अरू पनि छन् जालसाझीमा ? र, यो बागमतीको बजेट गण्डकीमा हाले जस्तो सजिलो विषय होइन, जसलाई कार्यान्वयनमा नलगे पनि हुन्छ। सन्दर्भ, कर्मचारीको ठण्डाराम समय ।’