२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न



अ+ अ-

पाटन, (ललितपुर) । सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

‘सबल स्वास्थ्यका लागि एकता: फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आइतबारदेखि ललितपुरमा भएको दुईदिने सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।

घोषणापत्रको पहिलो बुँदामा समयमै रोगको पहिचान, अनुसन्धान र प्रतिकार्यका लागि स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य प्रणालीमा फिल्ड इपिडेमियोलोजीलाई संस्थागत गर्ने विषयलाई समेटिएको आयोजकले जनाएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत फिल्ड इपिडेमियोलोजी जनशक्तिलाई अपरिहार्य जनशक्तिका रूपमा पहिचान दिलाउन पैरवी गर्ने, फिल्ड इपिडिमियोलोजी सीपको प्रभावकारी उपयोग सुनिश्चित गर्दै रोग निगरानी, प्रकोप प्रतिकार्य र नीतिगत व्यवस्था गर्न प्रयोग गर्ने, महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि फिल्ड इपिडिमियोलोजी जनशक्ति परिचालन गर्ने र प्रत्येक अनुसन्धान तथा प्रतिवेदनलाई राष्ट्रिय मञ्चमा जानकारी गर्ने, निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क र फिल्ड अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीति र कार्यक्रम निर्माणमा रूपान्तरण गरी तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्ने कुरालाई घोषणापत्रमा समावेश गरिएको छ ।

त्यस्तै, अनुभव आदानप्रदान र ज्ञान साझेदारी कार्यक्रममार्फत फिल्ड इपिडिमियोलोजी जनशक्ति तथा सरोकार भएका निकायबीच सहकार्य, सिकाइ र समन्वय प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रका पेसागत र साझेदारबीच अनुभव, निरन्तर सिकाइ, सहकार्य, तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्न हरेक दुई वर्षमा फिल्ड इपिडिमियोलोजीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनका सहभागीले घोषणापत्रलाई साझा दृष्टिकोण, सुदृढ, उत्तरदायी र तथ्यमा आधारित स्वास्थ्य प्रणाली निर्माणप्रति दृढ प्रतिबद्धताको अभिव्यक्तिस्वरूप अनुमोदन गरेका छन् । आइतबार सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले फिल्ड इपिडिमियोलोजिस्टले रोग नियन्त्रणमा ठूलो भूमिका पुर्‍याउने बताउनुभएको थियो । रासस




भर्खरै