४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

कांग्रेस सभापति देउवालाई नेता शेखर कोइरालाका प्रश्नैप्रश्न

कांग्रेस सभापति देउवालाई नेता शेखर कोइरालाका प्रश्नैप्रश्न
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्नैप्रश्न गरेका छन् । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको प्रगतिसमेत मागेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे सभापति देउवासँग प्रश्न गरेका हुन् । उनले एमालेलाई सरकारको नेतृत्व दिएर कांग्रेसले गल्ती गरेको समेत बताए । ‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ,’ कोइरालाले प्रश्न गरे, ‘के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’

नेता कोइरालाले एमालेसँग २०८१ असार १७ गते राति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि सभापति देउवासँग जवाफ मागेका छन् । ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?,’ कोइरालाले प्रश्न गर्दै भने, ‘सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ ।’

उनले प्रतिनिधिसभा निर्वाचन ०७९ मा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर अहिले एमालेसँग सहकार्य गरिनुको कारणबारे पनि प्रश्न उठाए । ‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ । अहिले एमालेसँग सरकारमा छौँ,’ नेता कोइरालाले प्रश्न गरे, ‘त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’

केन्द्रीय समिति बैठकमा कोइरालाले अन्य केही पेचिला प्रश्न पनि उठाएका छन् । उनले मंसिरमा महाधिवेशन हुनुपर्ने र नहुने हो भने सभापति र पदाधिकारीले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।

उनले पार्टीको अनुशासन समितिसँग पनि केही प्रश्न राखेका छन् । ’अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्युले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यु यसको जवाफ चाहियो ।’ उनले अनुशासन समिति कमजोर भएको बताउँदै कारबाहीका लागि भएका सिफारिसमा चिठीसम्म काट्ने काम पनि समितिले गर्न नसकेको आरोप लगाएका छन् ।

कोइरालाले पार्टीले विगतमा गरेका निर्णयमा पनि प्रश्न अघि सारेका छन । उनले भनेका छन्, ’विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’

उनले सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति सर्लाहीमा जिल्ला सभापति पदमा बस्न मिल्ने हो कि होइन भनेर पनि सोधेका छन् । उनले भनेका छन्, ’के कारणले उहाँलाई हटाइएको छैन ? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यु र पदाधिकारीले बुझ्नुभएको छ ?’