९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम तथा सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज दिउँसो काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।”

पक्राउ परेकाहरूले आफ्नो कोठामा लुकाइछिपाई राखेको अवस्थामा उक्त पेस्तोल र म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, रेडियो सेटको ब्याट्री १५ थान, खुकुरी एक थान तथा तीन थान मोबाइललगायत सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताउनुभयो । रासस