१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय समिति बैठकः १३ वटा एजेण्डामा छलफल शुरु



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु गरेको छ ।

सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकका १३ वटा एजेण्डाहरु छन् । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताउनु भयो ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनु भयो । उहाँकाअनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल हुनेछ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुने बताउनु भयो ।

भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताउनु भयो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ । उहाँकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१३ वटा एजेण्डाहरु प्रश्तुत भएका छन् । केन्द्रिय सदस्य साथीहरुले आफ्ना धारणा राख्नुहुनेछ । १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्नुहुन्छ । केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय सभापतिज्युले प्रश्तुत गर्नुभएको छ । सँगै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको छ । अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल गर्नुभएको छ । त्यसको प्रतिवेदन पेश हुन्छ र त्यस उपर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुन्छ । केही भ्रातृ संस्थाहरुले समयमा अधिवेशन गर्न नसकेको कुरा छ । चैत्र मसान्तसम्म गरिसक्नु भन्ने निर्देशन थियो । त्यसमा केहीले गरे, केहीले गरेका छैनन् । त्यसउपर छलफल हुन्छ । विदेशस्थित जनसम्पर्क समितिको बारेमा पनि छलफल हुन्छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषय छ । कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन हुनेछन् । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय छ । संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिताको बारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुन्छ ।’

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रिय समितिले निर्णय गर्ने बताउनु भयो । बैठक ४/५ दिनसम्म चल्ने बताउनु भयो ।