४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काँग्रेस केन्द्रिय समिति बैठकः १३ वटा एजेण्डामा छलफल शुरु

काँग्रेस केन्द्रिय समिति बैठकः १३ वटा एजेण्डामा छलफल शुरु
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु गरेको छ ।

सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकका १३ वटा एजेण्डाहरु छन् । बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्ने क्रम जारी रहेको बताउनु भयो ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको बताउनु भयो । उहाँकाअनुसार बैठकमा अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल हुनेछ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुने बताउनु भयो ।

भ्रातृ संगठनहरुले समयमै अधिवेशन गर्न नसकेको विषय, विदेशस्थित जनसम्पर्क मञ्च लगायतका बारेमा पनि छलफल हुने प्रवक्ता महतले बताउनु भयो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषयमा पनि छलफल हुनेछ । उहाँकाअनुसार कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन गरिने विषय पनि रहेको छ । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय पनि छलफलको एजेण्डा बनेको छ । साथै संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिता, समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१३ वटा एजेण्डाहरु प्रश्तुत भएका छन् । केन्द्रिय सदस्य साथीहरुले आफ्ना धारणा राख्नुहुनेछ । १ सय दने अभियानको प्रतिवेदन पेश सम्बन्धमा जिल्लामा खटिनुभएका नेताहरुले धाराणा राख्नुहुन्छ । केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय सभापतिज्युले प्रश्तुत गर्नुभएको छ । सँगै प्रतिष्ठानको प्रतिवेदन पनि प्रश्तुत गर्नुभएको छ । अनुशासन समितिले धेरै दिनको बैठक गरेर विभिन्न जिल्लाबाट आएका गुनासो, निवेदनउपर अनुशासन तोडेका विषयमा छलफल गर्नुभएको छ । त्यसको प्रतिवेदन पेश हुन्छ र त्यस उपर पनि छलफल हुन्छ । क्रियाशिल सदस्यता नविकरणको बारेमा छलफल हुन्छ । केही भ्रातृ संस्थाहरुले समयमा अधिवेशन गर्न नसकेको कुरा छ । चैत्र मसान्तसम्म गरिसक्नु भन्ने निर्देशन थियो । त्यसमा केहीले गरे, केहीले गरेका छैनन् । त्यसउपर छलफल हुन्छ । विदेशस्थित जनसम्पर्क समितिको बारेमा पनि छलफल हुन्छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत र निजी विद्यालय संगठनको नाम संशोधनको विषय छ । कार्य सम्पादन समितिले गरेका निर्णयहरुलाई केन्द्रिय कार्यसमितिबाट अनुमोदन हुनेछन् । जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका पारित गर्ने विषय छ । संसद र सरकारमा पार्टीको भुमिको प्रभावकारिताको बारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक, सामाजिक, जनसरोकारका विषयमा छलफल हुन्छ ।’

प्रवक्ता महतले भ्रातृ संगठनको अधिवेशन हुन नसकेकोमा आफ्नो आफ्नो दृष्टिकोण रहेको बताउँदै यस विषयमा केन्द्रिय समितिले निर्णय गर्ने बताउनु भयो । बैठक ४/५ दिनसम्म चल्ने बताउनु भयो ।