६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर



अ+ अ-

चितवन । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो ।

उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

वडा नम्बर ४ को  खैरहनीटार स्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमश ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताउनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो ।

अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानियको सहभागीता रहेको थियो ।