१२ श्रावण २०८३, मंगलवार
,
Latest
नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।

चीनको भ्रमणमा रहनुभएका मन्त्री खड्काले आज बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

“नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ, सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ, हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ”, मन्त्री खड्काले भन्नुभयो ।

सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको उहाँले बताउनुभयो । हाल नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने मन्त्री खड्काको भनाइ थियो ।

संसद्मा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागिएको बताउनुभयो ।

ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको उहाँको भनाइ थियो ।

भेटका क्रममा चीनमा रहेका नेपाली समुदायले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । मन्त्री खड्काले नेपाल ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै लगानी गर्न आह्वान गर्नुभयो । रासस




भर्खरै