२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल्यकालदेखिको रोपाइँ सम्झँदै प्रधानमन्त्री ओलीले दिए धान दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट धान दिवसको शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले स्पेन भ्रमणका क्रममा देश बाहिर हुनुहुन्छ । त्यहिँबाट उहाँले बाल्यकालदेखिका रोपाइँको सम्झनासमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दिएको दिएको शुभकामना सन्देशमा भनिएको छ–

आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस ।

माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ ।

तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ । त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ ।

कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।




सम्बन्धित समाचार
भर्खरै