८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २९ गतेदेखि हुने



अ+ अ-

काठमाडौं । एसईईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुरक परीक्षा साउन २९ देखि हुने जनाएको हो । परीक्षाको कार्यतालिका पछि प्रकाशित गरिने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा आज प्रकाशित गरेको हो ।

सार्वजनिक नतिजाअनुसार २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३ दशमलव ६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३।६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । १ लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।