४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९५ विद्यार्थीलाई पाकिस्तानी दूतावासको पुरस्कार र छात्रवृत्ति



अ+ अ-

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १९५ जना नेपाली विद्यार्थीलाई पुरस्कार तथा छात्तवृत्ति प्रदान गरेको छ । नेपालका १०२ विद्यालयका विद्यार्थीलाई दूतावासले पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको हो ।

दूतावासले आज विज्ञप्ति जारी गरी काठमाडौँमा आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।

अध्ययनमा निरन्तर राम्रो प्रदर्शन गरेकोमा एक प्रतिभाशाली विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा निरन्तर प्राविधिक सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले पाकिस्तानले छात्रवृत्ति कार्यक्रम र नेपालका उच्च माध्यमिक तहका विद्यार्थीसहित शिक्षाका सबै तहमा सहयोग विस्तार गर्ने प्रयासलाई निरन्तरता दिने बताउनु भयो । उहाँले अध्ययन, खेलकुद र स्वास्थ्य सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवालाई प्रोत्साहन गर्नु द्विपक्षीय सहयोगको एक महत्वपूर्ण भाग भएको पनि बताउनुभयो ।

पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ ।