एजेन्सी । बाबा भेंगाको भविष्यवाणीमा सारा विश्वले विश्वास गर्छ । बाबा भेंगाका धेरै भविष्यवाणीहरू सत्य साबित भएका छन् ।
उनको मृत्यु भएको दशकौं बितिसक्दा पनि, बुल्गेरियाका बाबा भेंगाका भविष्यवाणीहरूको बारेमा अझै पनि चर्चा गरिन्छ, किनकि उनका धेरै भविष्यवाणीहरू अहिलेसम्म सत्य सावित भइसकेका छन् ।
यसैबीच, बाबा वांगाको एउटा भविष्यवाणी फेरि भाइरल भइरहेको छ । यसमा उनले एउटा खतरनाक भाइरसको बारेमा उल्लेख गरेका छन् । केही वर्षपछि एउटा भाइरस आउनेछ जुन धेरै खतरनाक हुनेछ ।
उनले संसारको बारेमा धेरै भविष्यवाणी गरेका छन्, जुन धेरै डरलाग्दा छन् । बाबा भेंगाको जन्म सन् १९११ मा भएको थियो र सन् १९९६ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भयो । उनले १२ वर्षको उमेरमा आफ्नो आँखाको ज्योति गुमाए ।
उनले आफ्नो भविष्यवाणीमा भनेका थिए कि आगामी वर्षहरूमा एउटा भाइरस आउनेछ । यो भाइरसले मानिसहरूको उमेर द्रुत गतिमा बढाउनेछ र मानिसहरू द्रुत गतिमा बुढो हुन थाल्नेछन् । बाबा वांगाका अनुसार सन् २०८४ मा प्रकृतिमा ठूला परिवर्तनहरू देखिनेछन् ।
उनले भने कि २०८८ सम्ममा एउटा भाइरस आउनेछ जसले मानिसहरूलाई छिटो बूढो बनाउनेछ । मानिसहरू छिटो बूढो हुन थाल्नेछन् र मानिसहरू युवा उमेरमा नै बुढ्यौलीका रोगहरूले घेर्नेछन् । यसपछि, २०९७ सम्ममा भाइरस पूर्ण रूपमा उन्मूलन हुनेछ र यसपछि, २१११ सम्ममा, मानिसहरू द्रुत रूपमा रोबोटमा परिणत हुन थाल्नेछन् ।
बाबा भेंगाले सन् ५०७९ सम्म भविष्यवाणी गरेका थिए । उनले सोभियत संघको विघटन, अमेरिकामा आतंकवादी संगठन अल कायदाको ९र११ आक्रमण लगायत धेरै भविष्यवाणी गरेका थिए, जुन पूर्ण रूपमा सत्य साबित भएका छन् ।










