२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा प्रश्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रश्तावित सदस्यहरुमाथि ७ वटा उजुरी परेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिनुभएको जानकारी दिनुभयो । सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताउनु भयो । त्यस्तै १५ गतेको समितिको बैठकमा प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूचि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१३ गतेको बैठकमा उजुरीकर्ताहरुलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्यायपरिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरुलाई बोलाएर उहाँहरुका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ । त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ ।’
न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन् । अन्य दुुई वटा उजुरी भने प्रश्तावित न्यायाधीशउपर परेका हुन् । प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरुलाई वितरण समेत गरिएको छ ।