१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णुमतीको बाढीले कार बगायो ,एक महिलाको सकुशल उद्धार



अ+ अ-

काठमाडौंं । काठमाडौंको टोखामा विष्णुमति खोलाको बाढीमा कारसहित बगेकी एक महिलाको सकुशल उद्धार भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका(८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेको हो । कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओली रहनु भएको थियो ।

प्रहरीका अनुसार त्यो कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका( १ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। उनी भने कार विष्णुमती खोलामा खस्नासाथ गाडीबाट बाहिर निस्केका थिए। प्रहरीका अनुसार बाढीले बगाएको कार बाँनियाटार पुलमा पुगेर अड्किएको थियो। त्यही मौकामा स्थानीय र प्रहरीले युवतीको उद्धार गरेका हुन्।

कार गएराति १२ बजेतिर क्रेनको सहायताले खोलाबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

फोटो- नेपाल प्रहरी