२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद तामाङको प्रश्तावः प्रधानसेनापति जसरी नै प्रहरी महानिरीक्षक नियुक्त हुने व्यवस्था विधेयकमा गरौँ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैँ प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न माग गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको हो ।

जसबारेमा आफ्ना धारणा राख्दै उहाँले नेपाली सेनाको जस्तै नेपाल प्रहरीमा पनि प्रहरी महानिरीक्षक यो बन्दैछ भन्ने पूर्वजानकारी हुनु आवश्यक रहेको बताउनु भयो । उहाँले एआईजी भइसकेको व्यक्तिमाथि यसमाथि यो दाग र यो निष्कलंक छ भन्ने स्पष्टताका आधारमा नियुक्ति हुनु आवश्यक रहेको बताउनु भयो । कुनैपनि मुद्दामा नमुछिएको, कुनै स्पष्टीकरण नसोधिएको एआइजी स्वतः आइजिपी बन्न योग्य रहने कुराको ग्यारेन्टी विधेयकमा गर्नुपर्ने बताउनु भयो ।

सांसद तामाङले भन्नुभयो, ‘यो बढुवाको विषय छ । म यति वर्ष काम गरेपछि मेरो दाग कतै लागेको छैन । मलाई कतै स्वष्टीकरण सोधिएको छैन । म कुनै केसमा मुसिएको छैन । यति वर्षमा म यो पदमा पुग्छु, भन्ने ग्यारेन्टी यसमा हुनुप¥यो । आर्मीमा त प्रधानसेनापति फलानो हुन्छ भन्ने थाहा हुन्छ । प्रधानसेनापति को हुने भन्नेकुरा अहिले नै थाहा छ । विशेष परिस्थिति नपरेको खण्डमा थाहा छ । त्यस्तै आइजिपी पनि त्यस्तै हुनुपर्छ । एआईजी भइसकेपछि यसलाई यस्तो स्पष्टीकरण सोधिएको थियो, यसलाई यस्तो भएको थियो भनेर यो उत्कृष्ट छ भन्ने ट्याक्कै हुनुपर्छ । त्यो स्थिति विधेयकमा कसरी व्यवस्था गर्न सकिन्छ गरौँ ।’

सांसद तामाङले विभिन्न बाधा चिरेर विधेयक ल्याउनुभएको भन्दै गृहमन्त्रीलाई धन्यवादसमेत दिनुभयो । यो विधेयक समय र परिस्थितिसँग मिल्दो रहेको उहाँको भनाइ छ ।