• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

आचारसंहित पेशागत मर्यादा हो: प्रधानसम्पादक पाठक



कैलाली ।राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठकले आचारसंहिता पेशागत मर्यादा भएको बताउनुभएको छ । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा आयोजित ‘क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’मा ‘आचारसंहिता एक दृष्टिकोण, मुद्दा र संस्कृति’ शीर्षकमा प्रशिक्षण दिँदै प्रधानसम्पादक पाठकले आचारसंहिता पालनाले हरेकको ईज्जत बचाउने बताउनुभयो । 

“गलत सूचना प्रवाहले समाजमा पर्न जाने नोक्सानलाई विचार पुर्याउनुपर्दछ । आचारसंहिता पालना गर्नु हाम्रो पेशागत दायित्व हो”, उहाँले भन्नुभयो, “यसमा पत्रकार अझ बढी जिम्मेवार हुनुपर्दछ किनकी पत्रकारले सबै काममाथि निगरानी राखेको हुन्छ ।” पत्रकारिता हतारिएको साहित्य भएकाले पत्रकारको गलत समाचार सम्प्रेषणले सिङ्गो देश र जनतामा असर पर्ने भएकोले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो । 

प्रशिक्षक मनमोहन स्वाँरले स्थानीय मिडियामा पत्रकार आचारसंहिताको अवस्थाका विषयमा आफ्नो प्रस्तुती दिनुभएको थियो । अन्य सङ्गठन, व्यक्ति, निकायले आचारसंहिता पालना गरे गरेनन् भन्ने कुराको खबरदारी गर्ने पत्रकार स्वयंले आचारसंहिताका विषयमा ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो । 

आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीका अनुसार दुई दिनसम्म सञ्चालन हुने तालिममा शनिबार प्रशिक्षक यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनु हुनेछ । उक्त कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका करिब तीन दर्जन पत्रकारको सहभागिता रहेको छ । रासस