१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’
अ अ+ अ-

ललितपुर। उपसभामुख इन्दिरा रानामगरले विभिन्न समुदायका भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको बताउनुभएको छ ।

‘द पब्लिक’ हिन्दी मासिक पत्रिकाको काठमाडौँमा आज आयोजित १५औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विभिन्न समुदायले ‘नेपाल मेरो देश हो’ भन्ने महसुस गर्न सक्नेगरी भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

उपसभामुख रानामगरले लोकतन्त्र र वाकस्वतन्त्रता सरकारले मात्रै प्रत्याभूति गर्ने विषय नभएकाले सबै नेपाली नागरिकले एकापसमा सहयोग र सहकार्यबाट यसलाई जीवन्त राख्नुपर्ने बताउनुभयो ।

“हिन्दी भाषी समुदायलाई सूचनाको अधिकार प्रदान गर्दै सकारात्मक सामग्री प्रकाशन गरेर समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दछु । यो अत्यन्तै समुदायलाई सुसूचित गराउने महत्त्वपूर्ण कार्य हो, हामीले सबै भाषालाई सम्मान गर्छौँं, हामी लोकतान्त्रिक संस्कृतिलाई प्रोत्साहन गछौँं । सिक्दै सिकाउँदै हरेक भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु हाम्रो दायित्व हो । महिलाले सञ्चालन गरेको यो रचनात्मक कामको उच्च सम्मान गर्दछु”, उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषा मुलुकभित्र बोलिने भाषा भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

“जहाँ हिन्दी भाषालाई घृणा गरिन्थ्यो, अहिले त्यहीँ लोकप्रिय बन्दै गएको छ, परिवर्तन आउँदै गरेको छ, नेपालमा भाषा र बोली गरेर एक सय २५ वटा भन्दा बढी छन्, राजनीतिक पूर्वाग्रहका कारण एकै भाषाले प्राथमिकता पाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले हिन्दी विश्व भाषाका रूपमा विकसित हुनसक्ने बताउँदै यसमा पत्रकारिता गर्नु हिन्दी भाषाीका लागि सङ्घर्ष र चुनौतीको विषय रहेको धारणा राख्नुभयो । उहाँले नेपालमा सबै भाषाको विकास, समान अधिकार र मातृभाषामा पढ्ने अधिकार हुनुपर्नेमा जोड दिनुभयो ।

“हिन्दूस्थानमा काम गर्ने नेपालीले हिन्दी भाषा बोल्छन्, नेपाल र भारतको संस्कृति र सम्बन्ध पनि एकापसमा जोडिएको छ । अहिले भाषा र संस्कृतिको क्षेत्रमा हस्तक्षेप बढ्दै गएको छ, गणतन्त्रमा राजनीतिक अधिकार, भाषाको अधिकार, स्रोत र साधनको अधिकारमा समानता हुनुपर्छ, राज्यले कुनै पनि भाषिक विविधतालाई अनादर गर्नु हुँदैन”, उहाँले भन्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल जस्तो बहुभाषिक राष्ट्रमा १५ वर्षसम्म हिन्दी भाषामा पत्रकारिता गर्नु कठिन र चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले लगनशीलता र चेतनका कारण सफलता प्राप्त भएको बताउँदै आगामी दिनमा थप सफलताका साथै हिन्दी भाषाको माध्यमबाट नेपाली राजनीति, भाषा, साहित्यको बारेमा निरन्तर आवाज उठाउने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पितृसत्तात्मक सोचले जकडिएको समाजमा महिलाले प्रगति गर्न चुनौतीपूर्ण रहेको अवस्थामा लगनशीलता र मेहनत गरेर सफल भएकामा बधाई व्यक्त गर्नुभयो । उहाँले द पब्लिक हिन्दी पत्रिकाले अन्तरराष्ट्रिय संस्करण र संस्मरणहरू प्रकाशन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

गोरखापत्र संस्थानका पूर्वअध्यक्ष कृष्णमुरारी भण्डारीले १५ वर्षदेखि निरन्तर पत्रिका प्रकाशित गरेर उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नेपाली पत्रकारिता र नेपाली आन्दोलनमा हिन्दी भाषी पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले समाजको यथार्थतालाई चित्रण गर्दै पाठकले खोज्ने खालका सन्दर्भसामग्री समेटेर समयसापेक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मातृभाषामा पत्रकारिता गर्नेलाई सरकार र राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रकाशक एवं सम्पादक वीणा सिंन्हाले १४ वर्ष पूरा गरी १५ वर्ष प्रवेश गर्दासम्म अनेक आरोहअवरोहलाई पार गर्दै अगाडि बढिरहेको बताउनुभयो । उहाँले द पब्लिक पत्रिका भन्दा अघि पनि कुनै हिन्दी पत्रिका निरन्तर रूपमा प्रकाशित हुन नसकेका बताउनुभयो ।

पत्रिकाको १५औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै विभिन्न लेखक, साहित्यकार, पत्रकारसहित विशिष्ठ व्यक्तित्वलाई सम्मान गरिएको थियोे । रासस