२२ श्रावण २०८३, शुक्रबार
,
Latest
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन



अ+ अ-

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले आफूहरुको पेशा मेट्ने नीति स्वीकार्य नरहेको बताए ।

उनीहरुले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएम संशोधन गर्न भन्दै रेडियोग्राफी पेशाको पक्षमा एकताको प्रदर्शन गरेको जनाएका छन् । कार्यक्रममा नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले ज्ञापनपत्र दिएको दिनदेखि नै कालोपट्टी बाँधेर देशभर प्रदर्शन गरिरहेको भन्दै त्यसपछि पनि नेपाल सरकारले गम्भीरता नदेखाएको बताउनु भयो । आफूहरुको दरबन्दी कायम गर्न माग गरिरहेको बताउनु भयो । ओएनएम फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

प्रदर्शनमा सहभागी भएकाहरुले स्वास्थ्य प्रणालीको मेरुदण्ड रेडियोग्राफरको आवाज सुन्ने बेला भयो, रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाइयोस् लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।