२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडान रद्ध हुँदा यात्रुहरुको बिचल्ली, चिसो भुँइमै रात बिताए, अब के गर्ने टुंगो छैन



अ+ अ-

काठमाडौँ । बर्खायम्, हिलाम्मे बाटो । बुटबल– दाउन्ने–नारायणगढको बाटो छिचोल्दै २४ घण्टा लगाएर कपिलवस्तु गजेडाका दिनेश विक काठमाडौं आए । साउदी अरब जान काठमाडौं आएका दिनेश यतिबेला काठमाडौंमा अलपत्र छन् । घरबाट हिँड्दा सब ठिकठाक थियो । काठमाडौं आएपछि बिहानपख उनलाई थाहा भयो टिकट क्यान्सिल भयो । सबै भिसा, कागजात ठिकठाक भएपनि उनी उड्न नपएको र १० बजेको टिकट रद्द भएको एयरलाईन्सले बताएको उनले बताए ।

साउदी अरब जान काठमाडौं आएका दिनेश भन्छन्– ‘अचानक टिकट क्यान्शिल भयो । काठमाडौं बिहान ५/६ बजे आइयो । १० बजेको टिकट थियो । अहिलेसम्म उड्न पाइएन । एयरलाइन्सले हात्तिसार जान भन्छ । हामीलाई केही थाहा छैनन् किन जाने ? के का लागि जाने । सरकारले हामीलाई छिटो पठाउनुप¥यो ।’ दिनेशलाई उडान किन रोकियो त्यो पनि थाहा छैन ।

झापाका किरणकुमार मुखिया सुनुवार दुबई जानका लागि हिजो काठमाडौंमा आए । राति ११ बजेर ४५ मिनेटको उडान भएपनि उनी उड्न पाएनन् । इरानले कतारमा आक्रमण गरेपछि सबै उडान रोकिएपछि अहिलेसम्म उड्न नपाएको सुनुवार बताउछन् ।  उनी भन्छन्–‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । मिडियाहरुमा पनि त्यही देखियो । अहिलेसम्म आधिकारीक रुपमा केही जानकारी आएको छैनन् । रातिदेखि चिसो भुँइमा पानी परिरहेको थियो । त्यही बस्नुपर्यो। एयरलाइन्सवालाहरुले बाहिर जानु । मेनपावरसँग सम्पर्क गर्न भन्छ । मेनपावरले एकछिन त्यहीँ बस भन्दैछ । के गर्ने दोधारमा छु ।’

उनले काठमाडौंमा आफूहरु अलपत्र परेको बताए । सुनुवारकाअनुसार खाना बस्नका लागि कुनै केही व्यवस्था छैन । उनले हिमालय एयरलाइन्सको टिकट काटेका थिए ।

स्पेन जानका लागि पोखराबाट काठमाडौं आएकी हिमा कार्की अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी छन् । उनी भन्छिन्–‘हिजो पोखराबाट आए । होटलमा बसे । अहिले उड्न समयमा यहाँ आउँदा रोकिएको छ । पहिल्यै हामीलाई सूचनाहरु हुनुपथ्र्यो । यदी रोकिने भए । केही जानकारी पाइएन । यो त हाम्रो सरकरको लापरबाही हो जस्तो लाग्छ । भोली अफिस जानु छ । नाति छोरी पनि सँगै छन् । अलपत्र परियो ।’

उहाँकाअनुसार कतार एयरलाइन्सले पनि यात्रुलाई होटलको व्यवस्था गरेर राख्नुपथ्र्यो । तर सयौं यात्रु अलपत्र पारेको छ । धनगढीका रामकुमार सदार साउदी अरब जानका लागि रातरात काठमाडौं आए । तर अहिलेसम्म उड्न पाएका छैनन् ।  उनी भन्छन्–‘२३ तारिखको फ्लाइट थियो । १० बजेर ५ मिनेटको फ्लाइटमा उड्न पाइएन । हामीलाई कुनै जानकारी दिइएन । फ्लाइट क्यानिसल गरियो । पेलेनमा गएर एक डेढ घण्टा बसियो । पछि प्लेन उडेन ।’

अहिले आफूहरु अलपत्र परेको उनले बताए । खाना बस्नका लागि आफूहरुसँग पैसा पनि नभएको उनको भनाई छ । उनीहरुजस्तै सयौँ जना यतिबेला त्रिभुवन विमानस्थलमा अलपत्र छन् । कतिबेला उड्ने उनीहरुलाई पत्तो छैन ।राज्यले पनि सहजीकरण गर्न सकिरहेको छैन । इरानले आफ्ना आणविक भट्टीहरूमा अमेरिकी आक्रमणको बदलामा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । रातिदेखि खाडिका उडान बन्द भएपछि सरकारले अलपत्र यात्रुका बारेमा चासो नदेखाएको उड्न नपाएका अलपत्र यात्रुहरुले बताएका छन् ।