२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी



अ+ अ-

काठमाडौं । काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ ।

युनिग्लोब कलेजसँगै रहेको हामा स्टिलको भवनमा आगो लागेको हो । कलेजमा भने कुनै असर परेको छैन ।

स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । आगलागी नेपाली सेनाको श्री नरसिंहदल गणले अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।