२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त



अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित पौडेल नियुक्त हुनुभएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज प्राधिकरण सञ्चालक समितिको सदस्यमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ का पौडेललाई नियुक्त गर्नुभएको हो ।

मन्त्री खड्काले पौडेललाई उद्योग, वाणिज्य तथा वित्त क्षेत्रबाट सदस्यमा नियुक्त गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालयबाट वित्त र परियोजना व्यवस्थापनमा स्नातकोत्तर पौडेल पेसिडेन्सियल ग्राजुएट स्कुलको परियोजना व्यवस्थापन विषयमा प्राध्यापन गर्दै आउनुभएको थियो ।

नवनियुक्त सदस्य पौडेलसँग निर्माण र जलविद्युत्को क्षेत्रमा झण्डै एक दशक काम गरेको अनुभव छ । रासस