२३ भाद्र २०८३, मंगलवार
,
Latest
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गर्नुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताउनु भयो । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो भएको बताउनु भयो । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गर्नुभयो । अवैध कारोबार रोक्नको लागि करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘करको दायरामा सबै आउनुपर्छ । अर्थ समितिले कहाँ कहाँ अनौपचारिक कारोबार भइरहेको छ, त्यो ठाउँमा सरकार, सरकारका निकायहरुले कडाई गर्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो कुरा हो । कालोधनलाई सेतो बनाउनुलाई हामी सम्पती शुद्धिकरण भन्छौँ । लिगल वा भ्यालिड खालको बिजनेसलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परे । के कारणले परे भने अहिले करका दर हेरफेरका कारण परे । यो अव्यवहारिक भयो, जसले छिमेकी बजारसम्म, छिमेकी देशका बजारहरुसँग हाम्रो मिलेन र अवैध कारोबार हुने भयो । यो अवैध कारोबार रोक्नको लागि हामीले हाम्रो करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर हेर्नुपर्छ, त्यसलाई व्यवहारिक बनाउनुपर्छ । वैज्ञानिक बनाउनुपर्छ । करको दर हेरेफेर संसदमा विचाराधिन नै छ विधेयक । कि त हामीले उपसमिति अध्ययनको लागि बनाउनुपर्छ । सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न ।’

करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताउनु भयो ।