११ श्रावण २०८३, सोमबार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका



अ+ अ-

पाल्पा। खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिन थालिएको छ ।

नगरभित्रका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लब तथा विद्यालयमा भलिबल प्रशिक्षणको व्यवस्था गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रशिक्षणको माध्यमबाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिम सञ्चालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।

फुटबलतर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबलतर्फ विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरी सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण दिन थालिएको बताउनुभयो । “बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण दिन थालेका हौँ,” उहाँले भन्नुभयो ।

आगामी दिनमा अन्य खेललाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिने नगर प्रमुख थापा बताउनुहुन्छ । विगतमा समितिले मेयर कपअन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिइएको हो । भलिबल खेलाडीलाई राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठ र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कसममल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण दिनुभएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सेनले खेलाडी उत्पादनसँगै खेलक्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिले यसअघि १६० बालबालिकालाई करातेको प्रशिक्षण प्रदान गरेको थियो । रासस