२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका



अ+ अ-

पाल्पा। खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिएको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रमअन्तर्गत नगरमा खेलाडी उत्पादन गर्न यहाँका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण दिन थालिएको छ ।

नगरभित्रका ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई फुटबल र विभिन्न क्लब तथा विद्यालयमा भलिबल प्रशिक्षणको व्यवस्था गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा प्रशिक्षणको माध्यमबाट आवश्यक सीप प्रदान गरी खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिम सञ्चालन गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।

फुटबलतर्फ ८ देखि १२ वर्ष उमेर समूहका बालबालिका र भलिबलतर्फ विभिन्न क्लब तथा विद्यालयका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उहाँले बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरी सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण दिन थालिएको बताउनुभयो । “बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण दिन थालेका हौँ,” उहाँले भन्नुभयो ।

आगामी दिनमा अन्य खेललाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिने नगर प्रमुख थापा बताउनुहुन्छ । विगतमा समितिले मेयर कपअन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आए पनि चालु आर्थिक वर्षमा भने खेलाडी प्रशिक्षणमा जोड दिइएको हो । भलिबल खेलाडीलाई राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठ र फुटबलको प्रशिक्षण सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ, अनिल शाही, कसममल्ल ठकुरी र गुनबहादुर राम्जालीले प्रशिक्षण दिनुभएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष सेनले खेलाडी उत्पादनसँगै खेलक्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिष्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिले यसअघि १६० बालबालिकालाई करातेको प्रशिक्षण प्रदान गरेको थियो । रासस