२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभामा छलफल



अ+ अ-

मोरङ। कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न  बनेको विधेयक, २०८२’ माथि भएको छलफलमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्यहरु राजन किराती, गणेशप्रसाद उप्रेती, सपना दर्जी, लिलाबल्लभ अधिकारी  र तारादेवी ढकालले अधुरा, क्रमागत र लथालिङ्ग योजनाका लागि बजेट विनियोजन नभएको, टुक्रे योजनामा प्रदेश सरकार अलमलिएको, बजेटमा तराई, हिमाल र पहाडको विकास सन्तुलन कायम नभएकोलगायतका गुनासो व्यक्त गर्नुभयो ।

यसअघि शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले प्रदेशका विभिन्न स्थानमा प्रहरी भवन जीर्ण रहेका, उदयपुरका नदी तथा खोल्सामा तटबन्ध निर्माण गर्नुपर्ने, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा हात्ती आतङ्कबाट जनताको जीउधन सुरक्षा गर्नुपर्नेलगायत मुद्दा उठाउनुभयो ।

शून्य समयमा प्रदेशसभा सदस्यहरु गोम्बु शेर्पा, गीतादेवी रेग्मी र ममता तामाङ मगरले आफ्नो धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक सोमबार बस्ने सभामुख अम्बरबहादुर बिष्टले सदनलाई जानकारी दिनुभयो । रासस