६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको बैठक स्थगन



अ+ अ-

कर्णाली। प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोल्नुभएको थियो । उहाँले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाउनुभयो । 

बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जिसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाउनुभयो । माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो । विरोधमा नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितको दलहरुले समर्थन गरेका छन् । 

बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गर्नुभएको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन । 

अवरोध जारी रहेपछि सभामुख गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिनुभयो । रासस