२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री पौडेललाई सांसद मोदीको प्रश्नः अर्थमन्त्री देशको की रुपन्देहीको मात्रै ?



अ+ अ-

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरणको आरोप लगाउँदै रुपन्देहीको मात्रै अर्थमन्त्री होकी देशकै अर्थमन्त्री ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले उहाँले शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजनाहरु अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने धारणा राख्नुभयो ।