२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अमरेशकुमार सिंहले बोल्नुभएको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभएको हो ।

साथै, उहाँले ५ जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताउनुभएको थियो । सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बीचमा रोक्दै नियमापत्ति जनाउनु भयो । बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गर्नुभयो । उहाँले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताउनु भयो ।

त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमीलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सो पश्चात संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबीच सवाफजवाफ चलेको थियो ।