२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानबाट नेपालीको उद्धार पहल : नेपालले दियो भारतलाई धन्यवाद



अ+ अ-

काठमाडौं । इरानबाट नेपालीलाई उद्धार गर्ने घोषणा गरेलगत्तै नेपालले भारतलाई धन्यवाद दिएकोछ ।

दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतले गरिरहेको कदमका लागि धन्यवाद दिएका हुन् ।

राजदूत शर्माले भनेका छन्– ‘भारतले आपतकालको समयमा सधैं अमूल्य सहयोग प्रदान गरेको छ, चाहे त्यो संकटको समयमा विदेशबाट नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने होस् वा नेपालमा भूकम्प जस्ता प्राकृतिक प्रकोपको समयमा सहयोग प्रदान गर्ने होस् ।’

इरानको राजधानी तेहरानमा भएका १७ जना नेपालीमध्ये ११ जनालाई भारतीय दूतावासले उद्धारका लागि आज तेहरानबाट उत्तरी सहर मशहद लैजाने भएको छ ।

तेहरान छाडेका ७ जना नेपाली शनिबार बेलुकासम्म पुन: तेहरान फर्किँदै छन् । तेहराइनबाट कोमसम्म पुग्न कम्तीमा बसबाट साँढे दुई घन्टा र त्यहाँबाट मशहद पुग्न झन्डै १२ घण्टा लाग्ने छ । भारतीय दूतावासका अधिकारीहरु मशहदमा बसेर भारत पठाउने कार्य भइरहेको छ ।

आइतबार नै तेहरानबाट उद्धार गर्ने भएपछि तेहरान छोडेर अर्को सहर गएका ७ जना नेपाली शनिबार पुन: तेहरान फर्किँदै छन् । उनीहरूले बुधबार तेहरान छाडेका थिए ।

इरानी जेलमा भएका ५ जना नेपालीलाई उद्धार गर्ने दिन भने तोकिएको छैन । दोहास्थित नेपाली दूतावासले ३ जनाको ट्राभल डकुमेन्ट पठाइसेको छ । दुई जनासँग राहदानी साथमै छ ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकको उद्धार गर्न भारत सरकारलाई आग्रह गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति भारत सरकारसँग अनुरोध गरेको जानकारी दिँदै भारत सरकार सकारात्मक रहेको बताएकी थिइन् ।