५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मङ्गलादेवीको नाममा खेलकुद हुनु खेल जगतका लागि महत्त्वपूर्ण छ’



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक तथा राजनीतिक आन्दोलनकी अगुवा मङ्गलादेवी सिंहको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना हुनु महत्त्वको विषय भएको बताउनुभएको छ ।

काठमाडौँमा आज नेसनल किक बक्सिङ एसोसिएसनद्वारा आयोजित तेस्रो मङ्गलादेवी स्मृति किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले मङ्गलादेवीको नाममा खेलकुद आयोजना हुनु खेल जगतका लागि महत्त्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो ।

मन्त्री सिंहले भन्नुभयो, “जसले खेल खेल्नका लागि अधिकार दिएको छ, बोल्ने अधिकारका लागि सङ्घर्ष गरेको छ, सङ्गठन गर्न नपाउने अवस्थामा सङ्गठन गर्नुपर्छ भन्ने आवश्यकता बोध गराई सङ्गठित रूपमा महिलाको आवाज अघि बढाउने काममा सक्रिय छ । सामाजिक र राजनीतिक आन्दोलन गर्नुभएको छ उहाँ (मङ्गलादेवी)को नाममा प्रतियोगिता भएकाले यसको महत्त्व बढेको छ । सबै खेडालीलाई सफलताको शुभकामना छ ।”

उपप्रधानमन्त्री सिंहले आज प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको सम्झनामा यो कार्यक्रम हुनु खेलप्रेमी, समाज रुपान्तरमा सङ्घर्ष गर्ने सबैका लागि महत्त्वको विषय भएको बताउनुभयो । उहाँले राणाकालमा महिलाको आवाज सङ्गठित रूपमा अघि बढाउनुपर्छ भनेर महिलालाई समेटेर नेपाल महिला सङ्घ मङ्गलादेवीको अध्यक्षतामा गठन भएको उहाँले स्मरणसमेत गर्नुभयो ।

राणाको समयमा महिलालाई मतदानको अधिकार पुरुषसरह हुनुपर्छ, भनेर उहाँले अभियान चलाउनुभएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा अघि बढाउन छोराले मात्रै होइन छोरीहरूले पनि पढ्न पाउनुपर्छ भनेर सामाजिक र राजनीतिक अभियान चलाउनुभएकाले उहाँको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राणाको समयमा जुलुस निकालेर महिलाको हकअधिकारका लागि मङ्गलादेवीले ठूलो योगदान गर्नुभएको छ । उहाँकै सम्झनामा यो प्रतियोगिता हरेक वर्ष भइरहेको छ ।

यो खेल प्रेमीका साथै सबैका लागि गर्वको विषय हो, यही स्थितिमा खेलाडीहरूले खेलेको देखेको छु र खेलको नियमअनुसार खेल्नुभएको छ । प्रतिस्पर्धामा क्षमता प्रदर्शन गर्न सक्ने भएकाले यो प्रतियोगिताले भविष्यको खेल जगतमा उच्च प्रदर्शन गर्न र खेलाडी उत्पदान गर्ने अवसर दिएको छ ।” रासस