१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

‘मङ्गलादेवीको नाममा खेलकुद हुनु खेल जगतका लागि महत्त्वपूर्ण छ’

‘मङ्गलादेवीको नाममा खेलकुद हुनु खेल जगतका लागि महत्त्वपूर्ण छ’
अ अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक तथा राजनीतिक आन्दोलनकी अगुवा मङ्गलादेवी सिंहको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना हुनु महत्त्वको विषय भएको बताउनुभएको छ ।

काठमाडौँमा आज नेसनल किक बक्सिङ एसोसिएसनद्वारा आयोजित तेस्रो मङ्गलादेवी स्मृति किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले मङ्गलादेवीको नाममा खेलकुद आयोजना हुनु खेल जगतका लागि महत्त्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो ।

मन्त्री सिंहले भन्नुभयो, “जसले खेल खेल्नका लागि अधिकार दिएको छ, बोल्ने अधिकारका लागि सङ्घर्ष गरेको छ, सङ्गठन गर्न नपाउने अवस्थामा सङ्गठन गर्नुपर्छ भन्ने आवश्यकता बोध गराई सङ्गठित रूपमा महिलाको आवाज अघि बढाउने काममा सक्रिय छ । सामाजिक र राजनीतिक आन्दोलन गर्नुभएको छ उहाँ (मङ्गलादेवी)को नाममा प्रतियोगिता भएकाले यसको महत्त्व बढेको छ । सबै खेडालीलाई सफलताको शुभकामना छ ।”

उपप्रधानमन्त्री सिंहले आज प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको सम्झनामा यो कार्यक्रम हुनु खेलप्रेमी, समाज रुपान्तरमा सङ्घर्ष गर्ने सबैका लागि महत्त्वको विषय भएको बताउनुभयो । उहाँले राणाकालमा महिलाको आवाज सङ्गठित रूपमा अघि बढाउनुपर्छ भनेर महिलालाई समेटेर नेपाल महिला सङ्घ मङ्गलादेवीको अध्यक्षतामा गठन भएको उहाँले स्मरणसमेत गर्नुभयो ।

राणाको समयमा महिलालाई मतदानको अधिकार पुरुषसरह हुनुपर्छ, भनेर उहाँले अभियान चलाउनुभएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा अघि बढाउन छोराले मात्रै होइन छोरीहरूले पनि पढ्न पाउनुपर्छ भनेर सामाजिक र राजनीतिक अभियान चलाउनुभएकाले उहाँको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राणाको समयमा जुलुस निकालेर महिलाको हकअधिकारका लागि मङ्गलादेवीले ठूलो योगदान गर्नुभएको छ । उहाँकै सम्झनामा यो प्रतियोगिता हरेक वर्ष भइरहेको छ ।

यो खेल प्रेमीका साथै सबैका लागि गर्वको विषय हो, यही स्थितिमा खेलाडीहरूले खेलेको देखेको छु र खेलको नियमअनुसार खेल्नुभएको छ । प्रतिस्पर्धामा क्षमता प्रदर्शन गर्न सक्ने भएकाले यो प्रतियोगिताले भविष्यको खेल जगतमा उच्च प्रदर्शन गर्न र खेलाडी उत्पदान गर्ने अवसर दिएको छ ।” रासस