२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘योगलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी छ’



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले जीवनशैली सरल, सहज र सन्तुलित बनाउने भएकाले यसलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदुतावासद्वारा आज पोखरामा आयोजित एक दिवसीय योग कार्यक्रममा उहाँले हामीले योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको धारणा राख्नुभयो । “योग भनेको शरीर, मन र आत्माको सन्तुलन हो”, उहाँले भन्नुभयो, “जसले हामीलाई सशक्त, सचेत र नैतिकवान बनाउँछ ।”

जीवनलाई सरल, सहज र सन्तुलित बनाउन योग अपरिहार्य रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेर गत वर्ष गण्डकी स्वजागरण अभियान सञ्चालन गरेको बताउँदै उहाँले प्राकृतिक रूपमा सुन्दर, धार्मिक रूपमा ऐतिहासिक र सांस्कृतिक विविधता भएको गण्डकी प्रदेश योग अभ्यासका लागि वातावरणीय दृष्टिकोणले अत्यन्त उपयुक्त क्षेत्र भएको उल्लेख गर्नुभयो ।

योगलाई समुदायस्तरसम्म पुर्‍याउन, विद्यालय तहबाट योग शिक्षा र अभ्यास जरुरी रहेको बताउँदै उहाँले यसका लागि प्रदेश सरकारले स्थानीय तह, विभिन्न सङ्घसंस्था र सरोकार भएका निकायसँग समन्वय गर्दै आएकाले यसलाई निरन्तरता दिने जानकारी दिनुभयो । योगले हरेक नागरिकलाई स्वस्थ, शान्त, सुन्तुलित जीवनयापनमा मद्दत पुर्‍याउने उहाँको भनाइ छ ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारतबीचको युगौँदेखिको सम्बन्धलाई यस किसिमका कार्यक्रमले थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगरस्तरीय योग केन्द्र स्थापना गरिएको बताउनुभयो ।

पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामग्रीको उपलब्धतामा महानगरले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले योग सबैका लागि अपरिहार्य भएको धारणा राख्नुभयो । उक्त अवसरमा विभिन्न उच्चपदस्थ अधिकारी, समाजिक अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो । रासस




भर्खरै