३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘योगलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी छ’



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले जीवनशैली सरल, सहज र सन्तुलित बनाउने भएकाले यसलाई जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदुतावासद्वारा आज पोखरामा आयोजित एक दिवसीय योग कार्यक्रममा उहाँले हामीले योगलाई शारीरिक व्यायामको रूपमा मात्र नभएर जीवन जिउने कलाका रूपमा बुझ्न जरुरी रहेको धारणा राख्नुभयो । “योग भनेको शरीर, मन र आत्माको सन्तुलन हो”, उहाँले भन्नुभयो, “जसले हामीलाई सशक्त, सचेत र नैतिकवान बनाउँछ ।”

जीवनलाई सरल, सहज र सन्तुलित बनाउन योग अपरिहार्य रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेर गत वर्ष गण्डकी स्वजागरण अभियान सञ्चालन गरेको बताउँदै उहाँले प्राकृतिक रूपमा सुन्दर, धार्मिक रूपमा ऐतिहासिक र सांस्कृतिक विविधता भएको गण्डकी प्रदेश योग अभ्यासका लागि वातावरणीय दृष्टिकोणले अत्यन्त उपयुक्त क्षेत्र भएको उल्लेख गर्नुभयो ।

योगलाई समुदायस्तरसम्म पुर्‍याउन, विद्यालय तहबाट योग शिक्षा र अभ्यास जरुरी रहेको बताउँदै उहाँले यसका लागि प्रदेश सरकारले स्थानीय तह, विभिन्न सङ्घसंस्था र सरोकार भएका निकायसँग समन्वय गर्दै आएकाले यसलाई निरन्तरता दिने जानकारी दिनुभयो । योगले हरेक नागरिकलाई स्वस्थ, शान्त, सुन्तुलित जीवनयापनमा मद्दत पुर्‍याउने उहाँको भनाइ छ ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारतबीचको युगौँदेखिको सम्बन्धलाई यस किसिमका कार्यक्रमले थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगरस्तरीय योग केन्द्र स्थापना गरिएको बताउनुभयो ।

पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामग्रीको उपलब्धतामा महानगरले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले योग सबैका लागि अपरिहार्य भएको धारणा राख्नुभयो । उक्त अवसरमा विभिन्न उच्चपदस्थ अधिकारी, समाजिक अभियन्ता, सञ्चारकर्मीलगायतको सहभागिता थियो । रासस