४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविध कार्यक्रम गरी योग दिवस मनाइयो



oplus_2
अ+ अ-

रामेछाप। “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने मूल नाराका साथ ११औँ अन्तरराष्ट्रिय योग दिवस आज यहाँ विविध कार्यक्रम गरी मनाइएको छ ।

सो अवसरमा प्रभातफेरी, प्रवचन सांस्कृतिक कार्यक्रम र योगका विभिन्न नमूना प्रदर्शन गरियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा योगसँग सम्बन्धित, प्रवचन, गीत, कविता वाचन गर्नुका साथै पतञ्जली योग समिति र जीवन विज्ञानका साधक साधिकाले योग अभ्यास प्रदर्शन गरे ।

यसैबीच योग दिवसकै अवसरमा कञ्चनपुरमा आयोजित एक कार्यक्रमका वक्ताले डिजिटल जीवनशैलीले मानिसलाई शारीरिकभन्दा बढी मानसिक तनावमा पारेको बेला योगले मानसिक शान्ति र भावनात्मक सन्तुलन कायम गर्ने बताए ।

“तनावग्रस्त जीवनशैलीलाई सन्तुलनमा ल्याउने सबभन्दा सरल, सुरक्षित र दिगो उपाय योग मात्रै हो”, योग प्रशिक्षक इश्वरी भट्टले भन्नुभयो, “योगले शरीर, मस्तिष्क र आत्मालाई एउटै लयमा बाँध्छ, जसले बाह्य जीवनलाई मात्रै होइन, आन्तरिक अस्तित्वलाई पनि समृद्ध बनाउँछ ।”

प्राचीन हिन्दू परम्परा ज्ञान र अभ्यासमाथि आधारित योगले श्वासप्रश्वास, मस्तिष्क, स्नायु र आत्मालाई नियन्त्रणमा राखी सन्तुलनमा ल्याउने अद्भूत क्षमता राख्ने केशवदत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासप्रश्वास समस्या, मानसिक तनाव, अनिद्रा, मोटोपन जस्ता दीर्घरोगमा उल्लेखनीय सुधार ल्याउने गर्दछ । रासस