१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

‘विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक छ’

‘विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक छ’
अ अ+ अ-

काठमाडौँ। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको अभावमा आउनसक्ने समस्या समयमा समाधान गर्न सकिने सरोकार भएकाहरूले बताउनुभएको छ ।

सीप सूचना समाज (सिसो), नेपाल र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आयोजित ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीले यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन नसकिएको भन्दै पाठ्यक्रममा आधारित बृहत्तर यौन शिक्षाको आवश्यकता आँैल्याउनुभएको हो ।

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहबाट यौन शिक्षा दिन सकिएमा यसबाट उत्पन्न हुने समस्याको निराकरण गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले यौन तथा प्रजनन शिक्षा सबै उमेर समूहका लागि आवश्यक पर्ने उल्लेख गर्दै किशोरकिशोरी केन्द्रित योजना कार्यान्वयनले यससम्बन्धी समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले साङ्गीतिक कार्यक्रम अनिवार्य विषय बनाइराख्दा स्वास्थ्य शिक्षा भने ऐच्छिक राखिनु मनासिब नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यौन शिक्षा अनिवार्य बनाइनुपर्छ । कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशारकिशोरीलाई केही जानकारी छैन । स्वास्थ्य शिक्षा विषयका शिक्षकको दरबन्दी छुट्याउनुपर्छ । पाठ्यक्रममा आधारित बृहत्तर यौनिकता शिक्षा आवश्यक छ ।”

यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेम कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भए पनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न नसक्ने परिपाटी रहेको बताउनुभयो ।

उहाँले यसबारे सचेतना फैलाउन, यौन स्वास्थ्य शारीरिक, मानसिक र सामाजिक रूपमा आवश्यक छ भन्ने बुझाउन सरोकार भएका निकाय, सञ्चरकर्मी, सञ्चारमाध्यमलगायतको सहकार्य र समन्वयमा पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आमनागरिकलाई बुझाउन नसक्दा कतिपय घरेलु हिंसा बढेका बताउनुभयो । “अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्वलताको समस्या बढाइरहेको छ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सामाजिक सङ्कीर्णता तथा गलत भाष्य व्याप्त छन्, यसलाई चिर्नुपर्छ ।”

प्रेस काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसमबन्धी पर्याप्त समाचार सङ्कलन हुन नसकेको बताउनुभयो । उहाँले यो संवेदनशील विषय भएकाले यसबारेमा समाचार सङ्कलन, सम्प्रषण गर्दा गोपनीयताका साथै भाषामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबारदेखि सुरु अभिमुखीकरण आज सम्पन्न भएको हो । अभिमुखीकरणमा धनुषा, महोत्तरी, बाँके, बर्दिया, कालीकोट, जुम्लालगायतका सञ्चारकर्मीको सहभागिता थियो । रासस