• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

घरभाडा छुट दिने १७ घरबेटी सम्मानित



वालिङ । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताए । “लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति विपन्न समुदाय तथा घरभाडामा लिई पसल सञ्चालन व्यवसायीप्रति भएको क्षतिलाई मध्यनजर गरी घरभाडा छुट दिने अभियान कार्यान्वयनमा जोड दियौँ”, अध्यक्ष पौडेलले भने, “आर्थिक सङ्कटका बाबजुत पनि व्यवसायी तथा अति विपन्न समुदायका परिवारलाई पनि घर भाडा छुट दिएर सकारात्मक सन्देश दिनुभएकोमा आभार व्यक्त गर्दछौँ ।” 

लकडाउनका समयमा घरभाडा छुट दिने अन्य घरबेटीको पनि विवरण सङ्कलन भइरहकाले दोस्रो चरणमा पुनः सम्मान गर्ने तयारी रहेको सङ्घका कार्यकारी सचिव बाबुराम रेग्मीले बताए । घरबेटीले लकडाउनका समयमा एकदेखि तीन महीनासम्मको घरभाडामा छुट दिएका हुन् । 

लकडाउनका समयमा व्यापार व्यवसाय तथा दैनिक कामकाज गरेर जीविकोपार्जन गर्ने समुदाय आर्थिक सङ्कटमा परेका बेला घरभाडा छुट दिएर आफूले सहयोग गरेको वालिङ रामबाच्छाका पदमराज गुरुङले बताए । वालिङ नगरपालिकाभित्रका चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाय गुरुङ, दलबहादुर गुरुङ, क्याप्टेन रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मश्राङ्गी मगर, चौबहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, नीलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु केसी, शम्भु अर्यालले घरभाडा छुट दिएसँगै सम्मान गरिएको वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।