२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

कोरोना परीक्षणको दायरा बढाउन र गम्भीर बन्न सरकारलाई जनस्वास्थ्य विज्ञहरुको सुझाव

कोरोना परीक्षणको दायरा बढाउन र गम्भीर बन्न सरकारलाई जनस्वास्थ्य विज्ञहरुको सुझाव
अ अ+ अ-

 काठमाडौं । चिकित्सकहरुले कोरोना नियन्त्रणको लागि सबै निकाय जिम्मेवार बन्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने र आम नागरिकले पनि आवश्यक नियम पालना गर्नुपर्नेमा जोड दिएका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले नेपालमा पछिल्लो समय कोरोनाको अवस्था कस्तो रहेको छ ? भन्ने र शुक्रराज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले के गरिरहेको छ ? भन्नेबारे प्रकाश पारेका थिए । 

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्वास्थ्य मन्त्रालयको निर्देशन र गृह मन्त्रालयको परिपत्रका कारण पछिल्लो समय कोरोना परीक्षण गर्न आउनको भीड कम भएको स्पष्ट पारे । उनले भने,‘यसअघि दैनिक करिब १२ सयको संख्यामा कोरोना परीक्षण गराउन आउने भीड थियो, अहिले गृहको परिपत्रले त्यो दबाब कम भएको छ । आजैदेखि ४० प्रतिशत  कम भयो । अहिले त परीक्षण गर्नैपर्ने मान्छेमात्रै आएका छन् । सहज वातावरण छ ।’

उनले पिसिआर भनेको परीक्षणमात्रै भएकोले यसलाई नै उपचार ठान्न नहुने पनि धारणा राखे । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात सफा गर्ने कुरामा ध्यान दिनपुपर्नेमा जोड दिए । त्यस्तै, अब व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘कसैलाई सुर्ती खाएर थुक्ने बानी छ भने यो बानी परिवर्तन गर्नुपर्छ, अहिले मुख्य कुरा व्यवहार परिवर्तन पनि हो ।’
उनले काठमाडौं उपत्यका भित्रिनहरुलाई होम क्वारेन्टिमा राखिनुपर्ने बताए । उनले बोर्डर सिल गरेर वा काठमाडौं सिल गरेर कोरोना नियन्त्रण नहुने भन्दै काठमाडौं भित्रिनेहरुको हकमा निश्चित् मापदण्ड पूरा गराउनुपर्ने र खासगरी क्वारेन्टिनमा राख्नुपर्ने बताए । 

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको गुनासो पोखेका छन् । त्यही भएर अहिले ठूलो महामारी आएको टिप्पणी गरे । कोरोनाको असरका कारण जनता पीडामा भएको बताउँदै सरकार भने जनताको पीडाप्रति गम्भिर नबनेको उनले दुःखेसो पोखे । 

पाण्डेले भने,‘तर, सरकार भने कहिले सिमाना, कहिले भ्रष्टाचार, कहिले पार्टीभित्रको विवादमा अल्झियो । मन्त्रालयबीच समन्वय भएन। केन्द्र र प्रदेश सरकारबीच समन्वय भएन् । सरकार बास्तवमा झिनामसिना कुरामा व्यस्त हुँदा उसको प्राथमिकतामा कोरोना नियन्त्रण परेन ।’

उनले सरकारको मुख्य प्राथमिकता नागरिकको ज्यान बचाउनु हो भन्दै काठमाडौं उपत्यका जहाँ जनघनत्व बढि छ त्यसप्रति पनि गम्भीर बन्नुपर्ने सुझाव दिए । उनले भारतका दिल्ली, मुम्बईलगायत सबैभन्दा बढि जनसंख्या भएका शहरमा सम्हाल्न नसक्नेगरि कोरोना फैलिएको दृष्टान्त पेश गरे ।  

उनले नेपालमा विगत हप्तादेखि काठमाडौंमा विभिन्न नाकाबाट खासगरी (भित्री नाका) बाट मानिसहरु भित्रिरहेको सुनाए । उनले भने,‘त्यसरी काठमाडौं भित्रिनेहरु अधिकांश संक्रमित क्षेत्रबाट आईरहेका छन् । सरकारले कम्तिमा उनीहरुको डिटेल लिनुपर्छ । उनीहरु कहाँ बसेका छन् ? यसो गर्न सकेको भएपनि कम्तिमा कत्ति संक्रमित काठमाडौं आए भन्ने तथ्यांक थाहा हुन्थ्यो।’
उनले यदि सरकारले अझैपनि ठोस कदम नचाल्ने हो र परीक्षणको दायरा बढाएन भने कोरोना फैलिने खतरा औंल्याए । उनले भने,‘परीक्षणको दायरा बढाउनुपर्छ । सरकार सचेत हुनुपर्छ । काठमाडौंजस्ता शहरले ठूलो जोखिम मोल्ने देखिएको छ । सरकारको काम सिस्टमेटिक भएन । परीक्षणको दायरा बढेन भनेर हामीले भनिरहेका छौं । निजी अस्पतालहरुलाई पनि परीक्षण गर्न दिनुपर्छ, जति विरामीको पहिचान हुन्छ त्यति नै उपचार र नियन्त्रण गर्न सजिलो हुन्छ । सरकारले गम्भीरता देखाओस् ।’

त्यस्तै, अर्का जनस्वास्थ्य विज्ञ डा. समिरमणि दिक्षितले पनि नेपालमा कोरोना कुन मात्रामा फैलिरहेको छ भन्ने थाहा पाउनको लागि परीक्षणको दायरा बढाउनुपर्ने बताए । परीक्षणका दायरा बढाउन सकिए नेपालमा कोरोना कुन लेभलमा छ भन्ने कुराको यकिन हुनेथियो भन्ने उनको भनाई हो । उनले क्वारेन्टिन अव्यवस्थति हुनुको कारण पनि पिसिआर परीक्षण नगरिनु भएको तर्क गरे । स्वास्थ्य मन्त्रालयनै अहिले चुकिरहेको उनको टिप्पणी थियो । 

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार र तातोपानी खाए कोरोना निको हुने भनेर बोलेको कुरामा सोधिएको प्रश्नमा दिक्षितले भने, हेर्नुहोस, बेसार पानीको कुरा गर्दा हाम्रो पूर्वीय दर्शनामा यसको बेग्लै महत्व छ, तर कोभिडको सन्दर्भमा वैज्ञानिक रुपले पुष्टि नभएको कुरामा कसरी बोल्ने ?