२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदीद्धारा चट्याङ लागेर मृत्यु भएकाको परिवारप्रति समवेदना प्रकट



अ+ अ-

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारी वर्षा र यसपछि परेको चट्याङ लागेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल, ट्वीटरमार्फत बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो । 

उहाँले ट्वीट गर्दै भन्नुभएको छ– अविरल वर्षा र यसपछिको चट्याङमा परेर धेरै नागरिकको ज्यान गएको समाचार सुनेर मलाई निकै दुःख लागेको छ । भारतको बिहार र उत्तर प्रदेशका कैयौँ जिल्लाहरुका लागि यहाँका मौसमविद्हरुले बिहीबार आगामी ७२ घण्टाको लागि मौसमी चेतावनी जारी गरेका छन् । 

भीषण वर्षा र हावाहुरी चल्ने चेतावनी दिइएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो । भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो । 

मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ ।

बिहीबारदेखि परेको भारी वर्षा र त्यसपछि आएको चट्याङबाट कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताइएको छ । अरु पनि कैयौँ नागरिक नराम्ररी घाइते भएका पनि बताइएको छ ।