२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने



अ+ अ-

ढोरपाटन, (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ ।

बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो । गाउँपालिकलो बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाइ, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरि बजारीकरण गर्ने भएको छ ।

चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरी कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन गरी कृषकको उत्पादनलाई सङ्कलन र बजारीकरणका कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गरी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताउनुभयो । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन अध्यक्ष थापाको भनाइ छ । सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको नि:शुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ । रासस




भर्खरै