२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

बिजुली आउने र जाने कुनै टुङ्गो छैन

बिजुली आउने र जाने कुनै टुङ्गो छैन
अ अ+ अ-

लमजुङ । जिल्लाका आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोड्दै देशलाई झिलीमिली बनाइरहे पनि लमजुङमा बिजुली आउनेजाने कुनै टुङ्गो छैन । 

दैनिक ३०–३५ पटक बिजुली आउनेजाने समस्या रहेको उपभोक्ताले गुनासो गरेका छन् ।  यो समस्या यहाँ मात्र होइन छिमेकी तनहुँका साबिक तीनवटा गाविस चोक चिसोपानी, रुपाकोट र पुरकोटका स्थानीयवासीलाई समेत समस्या हुँदै आएको छ । नेपाल विद्युत् प्राविधिकरणको मातहतमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार आठ सय  घरधुरीका नागरिकलाई विद्युत् सेवा दिँदै आएको छ । तनहुँको ती साबिक गाविसहरुमा मात्रै करीब दुई हजार ६ सय घरधुरीमा बिजुली वितरण हुँदै आएको वितरक संस्थाले जनाएको छ । 

जिल्लामा प्रत्येक महिना १२ लाखदेखि १३ लाख युनिट विद्युत् खपत हुँदै आएको छ ।  विद्युत् सेवाग्राहीलाई पर्याप्त भए पनि भौगोलिक संरचना र प्राविधिक कारणले नियमित रुपमा बिजुली उपभोक्ताले बाल्न नपाएको वितरक संस्थाको दाबी छ ।  

सो संस्थासँग ‘स्थानीयवासीले बिजुलीको समस्या भयो’ भन्दै वर्षौं वर्षदेखि गुनासो गर्दै आएका छन् । तर पनि सो संस्थाले समस्याको हल गर्न नसक्दा स्थानीय तथा सेवाग्राहीहरु समस्या झेल्न बाध्य भइरहेका छन् ।  वर्षायाममा दैनिक पानी पर्नाले समेत बिजुली आउनेजाने समस्या बढी भइरहेको बेँसीशहरका  विपिन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “जलविद्युत् नै जलविद्युत् आयोजना भएको जिल्लामा समेत बिजुली आउनेजाने भर नहुँदा लाजमर्दो कुरा भएको छ ।”

स्थानीय क्लब तथा उद्योग वाणिज्य सङ्घ बेँसीशहर इकाइलगायत स्थानीयवासीले पटकपटक बिजुली नियमित नभएको भन्दै विरोध गर्दै आए तापनि समस्या उस्तै रहँदै आएको छ । 

विसं २०५३ मा सो संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा दिँदै आएको छ । तनहुँको दमौली, डुम्रे हुँदै लमजुङमा बिजुली ल्याइएकाले बिजुली आउनेजाने समस्या बढी हुने गरेको सो संस्थाले जनाएको छ । जिल्लामा ल्याउने बिजुलीको दूरी टाढा भएकाले दमौली, दुम्रेमा बिजुली विग्रिदासमेत बिजुली जाने गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको सो संस्थाका अध्यक्ष श्रीकान्त पौडेलले बताउनुभयो । दमौलीबाट ल्याउँदा टाढा पर्ने भएकाले समस्या भएको र दूरी छोटो भएमा बिजुली आउनेजाने समस्या हटेर जाने उहाँको भनाइ छ । 

लमजुङमा ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ‘ए’, आठ दशमलव आठ मेगावाटको रुदी ‘ए’ पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राधी खोला, चार मेगावाटको खुदी जलविद्युत् लगायतका आधा दर्जनभन्दा बढी आयोजनाले निमार्णसम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । करीब एक दर्जन जलविद्युत्को आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।