काठमाडौं । बिहीबारदेखि देशैभर मनसुन सक्रिय भएपछि कतिपय स्थानमा बाढी तथा डुबानको समस्या सुरु भएको छ।
शुक्रबार मध्यान्न देखी परेको झरीका कारण राजधानी काठमाडौँ तथा आसपासका क्षेत्रका खोला नालामा पानीको सतह बढेको छ। बाढीका कारण आसपासका क्षेत्र प्रभाबित भएको छ ।
वर्षाका कारण धोविखोला पानीको बहाव बढेर पहेँलोपुल मुनिको सडकको सतहसम्म आएको पानीमा फसेको कार र कार चालकको नेपाल प्रहरीले सकुसल उद्धार गरेको छ ।



फोटो -नेपाल प्रहरी










