२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

कस्ताे चीन ? युलिनमा कुकुरको मासु खाने १० दिने पर्व शुरु

कस्ताे चीन ? युलिनमा कुकुरको मासु खाने १० दिने पर्व शुरु
अ अ+ अ-

बेइजिङः वन्यजन्तु र घरपालुवा जनावरको मासु खानु मानव स्वास्थ्यका दृष्टिले खतरनाक रहेको भन्दै चीन सरकारले मानिसलाई हतोत्साहित गरे पनि चीनकै गुआङ्सी झुआङ प्रान्तको युलिन नगरमा दश दिने विवादास्पद कुकुरको मासु खाने पर्व शुरु भएको छ ।

यो चाड हरेक वर्ष मनाउने गरिएको छ । यो पर्वमा सहभागी हुन हजारौं मानिस युलिन शहर पुग्ने गरेका छन् । मानिसहरु पकाएको कुकुरको मासु किन्ने, त्यहीँ सहभागी भएर खाने र घर लैजाने गरेको न्यूयोर्क टाइम्सले छापेको छ ।

कुकुरको मासु खान हुँदैन भन्दै अभियान पनि यहाँ चलेको छ । केही समूहको लगातारको प्रचार र कोरोनाभाइरसका कारण यस वर्ष सहभागी हुने मानिसको संख्यामा कमी पनि देखिएको छ ।

पशु अधिकार समूह ह्युमन सोसाइटी इन्टरनेसनलका चिनियाँ नीति विशेषज्ञ पिटर लीले भन्नुभयो, “मेरो विचारमा युलिन शहर परिवर्तन हुनेछ । मानिसको स्वास्थ्य र सुरक्षाका लागि मात्र होइन पशु अधिकारका लागि पनि ।”

उहाँले चाडपर्वका नाममा भिडभाड बजार र रेस्टुराँमा कुकुरको मासु खान र व्यापार गर्न भेला हुन अनुमति दिँदा आम जनताको स्वास्थ्यमाथि नै खेलवाड हुने बताउनुभयो ।

अध्ययनहरुले मध्य चिनियाँ शहर उहानमा चमेरोका कारण मानिसमा कोरोनाभाइरस आएको देखाएका छन् जसले विश्वभर झण्डै ५ लाखको ज्यान लिइसकेको छ, भने संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । यही कारण चीन सरकारले वन्यजन्तुको व्यापारमाथि कडाई गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सरकारले वन्यजन्तुको व्यापारमा प्रतिबन्ध लगाउन र घरपालुवा जीवजन्तुको सुरक्षा गर्न नयाँ कानुन ल्याउने तयारी पनि गरेको छ । सरकारले गत फेब्रुअरीमै चमेरो र सर्प जस्ता वन्यजन्तुको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइसकेको छ ।

गत अप्रिलमा शेनझेनले कुकुरको मासु खान प्रतिबन्ध लगाएको थियो । चीनमा कुकुरको मासुमाथि प्रतिबन्ध लगाउने यो पहिलो शहर हो । चिनियाँ कृषि मन्त्रालयले कुकुरलाई पेट्स नभई लाइभस्टकका रुपमा वर्गीकरण गर्ने निर्णय पनि गरेको छ ।

युलिनकी पशु अधिकारकर्मी झाङ क्विनक्विनले पनि युलिन शहरले चाँडै कुकुरको मासु बिक्रीमा प्रतिबन्ध लगाउन सक्ने बताउनुभयो । उहाँको विचारमा चिनियाँ समाजको एक अभिन्न अंग बनिसकेको कुकुरको मासु सेवन तत्कालै रोकिने छैन । यसलाई पूर्ण रुपमा रोक लगाउन केही समय लाग्ने उहाँको भनाई छ । स्राेतः सिजिटिएन