३० भाद्र २०८३, मंगलवार
,
Latest
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिनमा भेटिए अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ । 

अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । ती मध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार विहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।

उनीहरुले भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल सङ्क्रमित मध्ये ५८।२४ प्रतिशत विरामी सङ्क्रमणमुक्त भएका छन् । यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन् ।  

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ । त्यसैगरी केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५÷१५ जना, आन्द्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठ जनाको पनि पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । 

मन्त्रालयकाअनुसार पञ्जाबमा सात जना, कर्नाटकमा छ जना, तेलङ्गनामा पाँच जना, राजस्थानमा चार जना र जम्मु काश्मिरमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।