१२ श्रावण २०८३, मंगलवार
,
Latest
संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहादुर शाहको २६९औँ जन्मजयन्तीमा नौजना सम्मानित



अ+ अ-

काठमाडौँ। बहादुर शाहको २६९औँ जन्मजयन्तीका अवसरमा नौ जनालाई सम्मान गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले बहादुर शाहको सालिकस्थल गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोकामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले विभिन्न क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

प्रा डा उत्तमकृष्ण कर्माचार्य, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहका खेमराज सेढाइँ, क्याप्टेन कुलबहादुर लिम्बू, साहित्यकार प्रा मुकुन्द आचार्य, अन्तरराष्टिय फूटबल खेलाडी विष्णुगोपाल श्रेष्ठ, १८ महापुराणका नेपाली भावानुवादक डा बद्री पोखरेल, समाजसेवी अनन्तप्रसाद धौभडेल, नेपाली सेनाका इञ्जिनीयर रथी अमर पन्त र गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामालाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बहादुर शाहले नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदान बिर्सन नसकिने बताउनुभयो । शाहले १० वर्षमा नेपालको सीमा पश्चिममा काँगडासम्म विस्तार गर्नुभएको उहाँले जानकारी दिनुभयो । यस्ता योद्धाको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गरिनुपर्नेमा नगर प्रमुख रिसालले जोड दिनुभयो ।

परिषद्का अध्यक्ष शङ्कर पौडेल, कार्यक्रम संयोजक पद्मराज सुवेदी र सहसंयोजकद्वय नानिकाजी गिरी र दिवाकरविक्रम शाहलगायतक व्यक्तित्वले बहादुर शाहले नेपालको एकीकरणमा पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै कार्यक्रम गरी स्रष्टा सम्मान गर्ने क्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको थियो । रासस