१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभन्दा सरकार महत्वपूर्ण भन्दै स्थायी समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। पार्टीको अध्यक्ष समेत रहेका प्रधानम्नत्री ओली शुक्रबार बसेको स्थायी समिति बैठकमा अनुपस्थित भएका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार अहिले सरकारका काममा ध्यान दिनुपर्ने बेला भएको भन्दै ओली बैठकमा उपस्थित नभएका हुन्।  

बुधबार सुरु भएको पहिलो बैठकमा अध्यक्ष ओली र प्रचण्डले दिएका मनतव्यपछि नेकपामा तरंग उत्पन्न भएको छ । खासगरी पार्टी र सरकार सञ्चालनमा भएको एकलौटी निर्णय प्रक्रियामा अधिकांश सदस्यहरु असन्तुष्ट देखिएका छन् । यसै क्रममा ओली र प्रचण्डले एकले अर्कालाई सहयोग नगरेको भन्दै आपसमा घोचपेच गरेका थिए ।

आज बाँकी सदस्यहरुले बोल्ने छन्। स्थायी समिति बैठकमा छलफलको लागि सात वटा एजेण्डा तय गरिएको छ।