१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनका मेयर बस्नेत घुस लिएको मुद्दामा दोषी ठहर



अ+ अ-

काठमाडौं । नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष (न्यायाधीश) टेक नारायण कुँवर र सदस्य (न्यायाधीश) राम बहादुर थापाको इजलासले बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ । उनले पद्मा कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको आरोप रहेको थियो ।

गैरकानूनी सम्पत्ति आर्जन आरोपमा भने मेयर बस्नेतले सफाइ पाएका छन् ।