काठमाडौं । नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष (न्यायाधीश) टेक नारायण कुँवर र सदस्य (न्यायाधीश) राम बहादुर थापाको इजलासले बस्नेतलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ । उनले पद्मा कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको आरोप रहेको थियो ।
गैरकानूनी सम्पत्ति आर्जन आरोपमा भने मेयर बस्नेतले सफाइ पाएका छन् ।










