२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६२५ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ४ हजार ६७६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख २६ हजार ७८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ । 

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।