२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

तनहुँका स्थानीय तहले ल्याए सात अर्बको बजेट

तनहुँका स्थानीय तहले ल्याए सात अर्बको बजेट
अ अ+ अ-

तनहुँ । तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
    
व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । 

नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिनुभयो । “वैदेशिक रोजगारबाट फर्किएका  बेरोजगार  युवालाई उनीहरुको  सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडा ः एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

विद्युत् अवरुद्ध

बुद्धसिंह राजमार्गअन्तर्गत तनहँुको व्यास नगरपालिका–१३ निउरोघारीमा गएराति पहिरोले बिजुलीको पोल बगाउँदा दुई सय घरमा विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि परेको वर्षाले उक्त ठाउँमा पहिरो जाँदा बिजुलीको पोलमा क्षति पुगेको हो ।

पहिरोले ठूला–ठूला ढुङ्गा झारेर ११ केभी लाइनको बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिनुभयो । “पहिरोले चार वटा पोलमा क्षति पुर्याउँदा व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका दुई सय घरमा विद्युत् अवरुद्ध हुन पुगेको छ”, उहाँले भन्नुभयो, “पहिरो नहटाउँदासम्म मर्मत कार्य गर्न समस्या छ ।” ढुङ्गाले पोल र तारहरु थिचेकाले पहिरो हटाएपछि मात्रै मर्मतको काम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सो स्थानमा केही दिनअगाडि पनि पहिरोले दुईवटा पोलमा क्षति पुर्याएको थियो । सो पोल तत्कालै मर्मत गरी विद्युत् प्रवाह सञ्चालन गरिए पनि अहिले ठूलो पहिरो गएकाले पहिरो हटाएपछि मात्रै मर्मतसम्भारको काम गर्न सकिने विद्युत् प्राधिकरण  वितरण केन्द्रले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका संयोजक बद्रीनाथ अधिकारीले अवरुद्ध भएको बाटो खुलाउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले दमौलीबाट डोजर पठाएर बाटोको पहिरो पन्छाउन लागिएको जानकारी दिनुभयो ।