२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलन अन्त्य गर्नुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनु भयो । उहाँले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक,समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी कहाँ कल्चर कस्तो भएको छ भने, विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने, आइसकेपछि तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्नुपर्ने बाध्य हुने, यो परिस्थितिको अन्त्यको निम्ति पनि हामीले आवश्यक ऐन, कानुन अन्य प्राविधिक तयारी, समानहरूको तयारी, सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था छ । यसको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल र निर्देशन गर्न चाहन्छु ।”  

उहाँले विपद् हुने सम्भावित क्षतिलाई न्युनिकरणको लागि सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ सङ्गठनलगायतका सबै सङ्घसंस्था क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।