हेटौंडा । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्विकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृह जिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ । राप्रपाका पुर्व केन्द्रिय सदस्यहरु, पुर्व जिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीहरु लगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रिय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधि मुलुक भेलाले महाधिवेशनको बिषयमा गहिरो समिक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।
केन्द्रीय महाधिवेशन पछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समिक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीति अनुरुप हिड्ने धारणाको साथ अघि बढ्ने भएका छन् । हेटौंडामा आयोजित भेलामा पार्टीको बिचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।
पार्टीको नेतृत्व परिवर्तन पछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ। पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता बिशभ अधिकारीले दिए।
यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको बिधि र परिधि भित्र रहेर अघि बढ्ने संकेत दिएको छ। बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिब राम थापा, प्रदेश सदस्यहरु धुर्ब सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश ुखु का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महत लगायतको सहभागीता रहेको थियो।











