२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ताका लागि तीन पटक पत्र पठाउँदा पनि भारतले चासो देखाएन : मन्त्री ज्ञवाली



file
अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको बताएका छन् । शुक्रवार पार्टीको स्थायी समिति बैठक मन्त्री ज्ञवालीले गत नोभेम्बर, डिसेम्बर र जनवरीसम्म तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको बताएका हुन् । 

अहिले पनि हामी वार्ताका लागि पहल गरिरहेका छौं भन्नुभयो,’  बैठकमा सहभागी स्थायी समिति सदस्य पर्यटन मन्त्री योगेश भट्टराईले भने,‘बैठकमा उहाँले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको बताउनुभयो।’

यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।

आजको बैठकमा स्थायी समिति सदस्यहरू पम्फा भुषाल, बेदुराम भुषाल, अमृतकुमार बोहोरा, लीलामणि पोखरेल, मात्रिका यादव, रघुवीर महासेठ, प्रदीप ज्ञवालीलगायत १० जनाले एजेण्डामा आफ्नो धारणा राखिसकेका छन्।

उनीहरू सबैले लिम्पियाधुरासम्म भू-भाग समेटेर नक्सा जारी गर्नु राम्रो काम भएको भन्दै समस्या समाधानका लागि अब कूटनीति पहल पनि बढाउनु पर्ने बताएका थिए।

बैठकमा अहिले खाजा खाने ब्रेक भएको छ। 




भर्खरै